कैलालीमा १२ बजेपछि मतगणना हुने, केही केन्द्रबाट मतपेटिका आउनै बाँकी • Image Khabar Image Khabar


कैलालीमा १२ बजेपछि मतगणना हुने, केही केन्द्रबाट मतपेटिका आउनै बाँकी


Imagekhabar
२२ मंसिर २०७४, शुक्रबार १०:३३

कैलालीमा १२ बजेपछि मतगणना हुने, केही केन्द्रबाट मतपेटिका आउनै बाँकी

तारजालीलगाउने लगायत प्राविधिक व्यवस्थापन गरेर खाना खाईसकेपछि मतगणना शुरु गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले जानकारी दिएका छन् । ‘सबै व्यवस्थापन गर्दा १२ बजेपछि मात्र मतगणना शुरु हुन्छ,’ उनले भने ।

जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रका मतपेटिकाहरु धनगढी ल्याइसकिएको छ । हाल ती ३ वटा क्षेत्रको मतगणना गर्न लागिएको हो ।

क्षेत्र नम्बर २ र ४ अन्तर्गत पर्ने पहाडी भेगबाट मतपेटिका ढुवानी हुन बाँकी छ । बेलुकीसम्म ती क्षेत्रका मतपेटिका आईपुग्ने मुख्य निर्वाचन अधिकृत अर्यालले बताए । मतपेटिका आईपुगेपछि मात्र क्षेत्र नम्बर २ र ४ को मतगणना गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्