२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


ताप्लेजुङमा एमालेका योगेश भट्टराईको अग्रता फराकिलो, प्रदेशमा पनि वाम गठबन्धन अगाडि


0
Shares

प्रतिनिधिसभातर्फ नेकपा एमालेका योगेश भट्टराईले ११३५८ मत हासिल गरेका छन् भने नेपाली कांग्रेसका केशव प्रसाद दाहालले ७३४३ मत पाएका छन् ।

प्रदेशसभा (क)मा नेकपा एमालेका बलबहादुर सामसोहाङले ६८१८ मत पाउँदा नेपाली कांग्रेका लिला बोखिमले ४९५३ मत हासिल गरेका छन् ।

त्यस्तै प्रदेश सभा (ख)मा नेकपा माओवादी केन्द्रका टंक आङ्बुहाङले ५७४७ मत पाएका छन् भने नेपाली कांग्रेसका दिपेन्द्र कुमार सेन्दाङले ३६९७ मत प्राप्त गरेका छन् ।