
पछिल्लो विवरणअनुसार प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दुईजना र नेकपा माओवादी केन्द्रका एकजना विजयी भएका छन् ।
प्रदेशसभा सदस्यमा भने नेकपा एमालेका ५, माओवादी केन्द्रका २, नेपाली कांग्रेसका १ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् । तुलाचन ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मत प्राप्त गरे ।
प्रदेशसभा सदस्यमा मुस्ताङ (क) बाट नेकपा एमालेका इन्द्रधारा विष्ट ११६७ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी मनाङमा पनि प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पाल्देन छोपाङ गुरुङ निर्वाचित भएका छन् । उनले २ हजार ३ सय मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत प्राप्त गरे ।
प्रदेशसभा सदस्यमा मनाङ (क) बाट नेपाली कांग्रेसका चिन्तबहादुर घले ९ सय ९८ मत ल्याएर विजयी भएका छन् भने मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवार दिपक मनाङ्गे भनिने राजीव गुरुङ १४१० मतका साथ विजयी भएका छन् ।
यसैगरी रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरे ।
यसैगरी रुकुम पूर्वको प्रदेशसभा सदस्य (क) निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन् । उनले ५ हजार ४ सय २७ मत प्राप्त गरी विजयी भएका हुन् ।
रुकुम पूर्व (ख) मा माओवादी केन्द्रकै पूर्णबहादुर घर्ती ५८१६ मत ल्याएर विजयी भएका छन् ।
डोल्पा प्रदेशसभा (क) मा नेकपा एमालेका नन्दसिंह बुढा ५४९० मत ल्याएर विजयी भएका छन् ।
म्याग्दीको प्रदेशसभा (ख) मा नेकपा एमालेकी नरदेवी पुन १०८६८ मत प्राप्त गरी विजयी भएकी छन् । डोल्पा प्रदेशसभा (क) मा नेकपा एमालेका नन्दसिंह बुढा ५४९० मत ल्याएर विजयी भएका छन् ।
उता, बाजुरा प्रदेश (क) मा एमालेका बलदेव रेग्मी ९८४० मतका साथ विजयी भएका छन् ।
हालसम्म जारी मत गणनामा अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवारले १८ स्थानमा अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले १३ स्थानमा अग्रता लिएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसले ३ स्थानमा अग्रता लिएको छ ।
प्रदेशसभा सदस्यतर्फ पनि अधिकांश स्थानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्