जुम्लामा वाम गठबन्धन अग्रता बढाउँदै • Image Khabar Image Khabar


जुम्लामा वाम गठबन्धन अग्रता बढाउँदै


Imagekhabar
२२ मंसिर २०७४, शुक्रबार १२:१२

जुम्लामा वाम गठबन्धन अग्रता बढाउँदै

मत गणनाको पछिल्लो विवरणअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका गजेन्द्रबहादुर महतले ६०५२ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र बहादुर शाहीले ३७६३ मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ८३१ मत पाएका छन् ।

यस्तै प्रदेश सभा (क)मा वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नरेश भण्डारीले ५६९६ मत पाउँदा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजुसिंह कठायतले ४१०१ र नेमकिपाका शिवलाल डाँगीले ३७९ मत पाएका छन् ।

प्रदेश सभा (ख)मा वाम गठबन्धनबाट नेकपा एमालेका पदम रोकायले ७४८६ मत पाउँदा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका भिमनिधि हमालले ४००१ र नेमकिपाका गोर्ख बुढाले ८७३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्