
रुकुम पूर्वकी प्रतिनिधि सभा सदस्यमा विजयी कमला रोकाले अबको पाँच वर्षमा रुकुम पूर्वलाई आत्मनिर्भरयुक्त जिल्ला बनाउन लागिपर्ने प्रतिबद्धता जनाइन् ।
२०५२ सालमा तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध थाल्दा कमला रोका पहिलो महिला छापामारको रुपमा परिचित थिईन् ।
त्यस्तै रुकुम पूर्व क्षेत्र नं. २ का उमेदवार पूर्ण घर्तीले बाम गठबन्धनले रुकुम पूर्वको रुकुमेकोटलाई देशकै नमुना एवं स्मार्ट सिटी बनाउने दाबी गरे । तत्कालिन नेकपा माओवादीका पहिलो जनसरकार प्रमुख समेत रहेका पूर्ण घर्तीले रुकुम पूर्वलाई स्मार्ट सिटी बनाउने बताए ।
तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आउनुपूर्व माओवादीले देशैभरी छाया सरकार निर्माण गरी जनसरकार समेत गठन गरेको थियो । २०५६ सालमा रुकुम रोल्पामा जनसरकार घोषणा गर्दै पूर्ण घर्ती जनसरकारका पहिलो प्रमुख घोषित भएका थिए ।
तत्कालिन समयमा जनसरकारको प्रमुख भएर चर्चामा आएका घर्ती धेरै वर्ष अर्धभूमिगत भएर अहिले माओवादी केन्द्रले टिकट दिएपछि चुनावमा होमिएका हुन् ।
को हुन् कमला रोका ?
तत्कालिन माओवादीको १० वर्षे जनयुद्धका क्रममा भूमिगत भएकी कमला रोकामगरको जन्म रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं. २ मा भएको हो । तत्कालिन माओवादीको भूमिगत यात्रासँगै विसं.२०५२ साल फागुन १ गते पहिलो महिला छापामारको रुपमा उनी लडाईमा होमिएकी थिईन् । महिला भएर पनि पार्टीभित्र एक साहसिक लडाकुको छवि बनाएकी रोकामगर गणतन्त्रपछिको पहिलो संविधानसभाको चुनावमा विसं. २०६४ सालमा समानुपातिक सभाषद् भएकी थिईन् ।
बाबुराम भटराई प्रधानमन्त्री भएको सरकारमा ०६९ देखि ०७० सालसम्म उनी युवा तथा खेलकुद मन्त्री बनेकी थिईन् । त्यसबेला उनी १० महिना मन्त्री भएकी थिईन् । उनलाई ०६४ सालमा जमुनाह प्रहरीले अपहरण समेत गरेको थियो ।
अपहरणको दुई हप्तापछि उनको रिहाई भएको थियो । ०६३ की अन्तरिम विद्यायिका समेत भएकी रोकामगर हाल रुकुम (पुर्व) बाट प्रतिनिधि सभा सदस्य पदका लागि चुनावी मैदानमा होमिएकी छन् ।
प्रतिक्रिया दिनुहोस्