२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


ललितपुरको तीनवटै क्षेत्रमा मतगणना शुरु


0
Shares

क्षेत्र नं १ को बिहान ११ बजे मतगणना शुरु भएको छ । क्षेत्र नं २ र ३ मा रातिबाटै मतगणना शुरु भएको छ ।

क्षेत्र नं २ मा नेकपा एमाले र क्षेत्र नं ३ मा नेपाली कांग्रेसले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका मदनबहादूर अमात्यले ६ हजार २४३ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी पम्फा भुषालले ५ हजार ५२२ मत पाएकी छन् ।

नयाँ शक्ति पार्टीका विनोद महर्जनले १५७ मत पाएका छन् ।

क्षेत्र नं २ मा १४ हजार ३३३ मत गनिसक्दा एमालेका कृष्णलाल महर्जनले ८ हजार ९८३ मत पाएका छन् । नेपाली कांग्रेसका चन्द्र महर्जनले भने ५ हजार ८२८ मत पाएका छन् ।

क्षेत्र नं ३(क) मा माओवादी केन्द्रका राजकाजी महर्जनले दुई हजार पाँच मत पाएका छन् । नेपाली कांग्रेसका नवराज महतले एक हजार ३१६ मत पाएका छन् ।

प्रदेशसभा ३ (ख) मा नेकपा एमालेका जीवन खड्काले ५२३ मत पाएका छन् भने नेपाली कांग्रेसका शिवराम बानियाँले ५९५ मत पाएका छन् ।