२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैमा वाम उम्मेदवारको फराकिलो अग्रता


0
Shares

प्रतिनिधिसभातर्फ २३ हजार ९४० मत गणना हुँदा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङले २ हजार ५१३ मतको फराकिलो अग्रता लिएका छन् ।

गुरुङले १२ हजार ४०१ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तीले ९ हजार ८९१ मतले पच्छ्याइरहेका छन् ।

यस्तै, प्रदेशसभा ‘क’ र ‘ख’ दुवैतर्फ पनि वाम गठबन्धनका उम्मेदवारले फराकिलो मतले अग्रता लिएका छन् ।

प्रदेशसभा ‘क’मा ११ हजार २९० मत गणना हुँदा वाम गठबन्धनका उम्मेदवार धनन्ञ्जय दवाडीले २ हजार ४३० मतले अग्रता लिँदै ६ हजार ४८६ मत ल्याएका छन् । दवाडीलाई कांग्रेस उम्मेदवार गर्जबहादुर गुरुङले ४ हजार ५६ मतले पच्छ्याइरहेका छन् ।

प्रदेशसभा ‘ख’मा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका कृष्णप्रसाद कोइरालालाई पछि पार्दै एमालेका पृथ्वीसुब्बा गुरुङले ९२८ मतले अग्रता लिएका छन् ।

१४ हजार ६७ मत गणना हुँदा गुरुङले ७ हजार १७९ मत ल्याएका छन् भने कोइरालाले ६ हजार २५१ मत ल्याएका छन् ।

एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको लमजुङका एक लाख १५ हजार ४४९ मतदाता रहेकामा ७७ हजार ३४० जनाले मतदान गरेका थिए ।

प्रदेश सभा ‘क’मा ३६ हजार ६८ र प्रदेश्सभा ‘ख’मा ४१ हजार २७२ मत खसेको थियो ।