२८ जेष्ठ २०८२, बुधबार | Thu Jun 12 2025


मतपेटिकालाई लक्षित गरी दुईओटा बम विस्फोट


0
Shares

शुक्रबार बिहान जिल्लाको भित्रीमधेस क्षेत्रको परर्शुराम नगरपालिका–१२ को कैनपानीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बम विस्फोटबाट बा१झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति पुगे पनि मतपेटिका भने सुरक्षित रहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

त्यसैगरी, भित्रीमधेसकै आलिताल गाउँपालिकाको सुनखोलामा मतपेटिका बोकेको अर्को गाडीलाई पनि लक्षित गरी बम विस्फोट गराइएको बताइएको छ । अज्ञात समूहले ती बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहको अवरोधका कारण केही ठाउँको मतपेटिका ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिलेसम्म ११७ ओटा मतदान केन्द्रमध्ये ७६ ओटा केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको र बाँकी ४१ केन्द्रका मतपेटिका ल्याउनेक्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत डा. रमेशप्रसाद रिजालले जानकारी गराए । रासस