२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


डोल्पा प्रदेशसभा ‘क’मा एमालेका बुढा विजयी


0
Shares

वाम गठबन्धनबाट उम्मेदवार एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याएर पराजय भएका छन् ।

उक्त निर्वाचन क्षेत्रमा जम्मा मतादाता ८ हजार २४३ मध्ये कुल खसेको ६ हजार ७८६ मतमा ६ हजार ७०३ मत सदर भएकोमा ८५ बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । रासस