२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


कृष्णबहादुर महरालाई पछ्याउँदै राजु खनाल


0
Shares

तीनओटा निर्वाचन क्षेत्र रहेको दाङमा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् ।

गिरीले ८०७ मतका साथ अग्रता लिएका छन् भने नेकपा एमालेका हिरा चन्द्र केसीले ७६८ मतका साथ पछ्याइरहेका छन् ।

दाङ क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी केन्द्रका कृष्णबहादुर महरा १ हजार ५८२ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी कांग्रेसका राजु खनालले एक हजार ७३ मत प्राप्त गरेका छन् ।

यसैगरी, दाङ क्षेत्र नम्बर–१ मा एमालेका मेटमणि चौधरी ७४३ मतका साथ अग्रस्थानमा छन् भने कांग्रेसका सुशीला चौधरीले ४९० मतका साथ मेटमणीलाई पछ्याइरहेकी छन् ।

प्रदेशसभातर्फ भने बाम गठबन्धनका सबै उम्मेदवारहरु अग्रस्थानमा छन् ।