२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


बाजुरा प्रदेश ‘क’मा एमालेका रेग्मी विजयी


0
Shares

बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमाले जिल्ला कमिटी सचिव बलदेव रेग्मीले ९ हजार ८४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज गिरीले ८ हजार ३११ मत ल्याएका छन् । बलदेव रेग्मीले एक हजार ५२९ मतले कांग्रेस गिरीलाई पराजित गरेका हुन् ।

प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसका पदमबहादुर शाही र वाम गठबन्धनका प्रकाशबहादुर शाहको कडा प्रतिस्पर्धा भइरहेको पाइएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार कविराज पण्डितले १० हजार ६३५ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका लालबहादुर थापाले १० हजार ७६१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

शनिबारसम्म मतगणना सकिने निर्वाचन कार्यालयको भनाइ रहेको छ ।

बाजुरामा प्रदेशसभा ‘क’मा १८ हजार ९९६ मत खसेको थियो भने प्रदेशसभा ‘ख’मा ३३ हजार ९९४ मत गरी जम्मा ५२ हजार ९४५ मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । रासस