
रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । जितसँगै रुकुम पूर्वमा शुक्रबार विजयी जुलुस निकालिएको छ ।
रुकुम पूर्वको सदरमुकाम रुकुमकोट, छिप्रिदह, कमलदह, बाउनठानालगायतका क्षेत्रमा विजयी जुलुस निकालिएको हो ।
जुलुसमा हजारौंको संख्यामा शुभचिन्तक, पार्टी कार्यकर्तालगायत सहभागी भए ।
सोक्रममा मतदाताहरुलाई धन्यवाद दिँदै विजयी सांसदहरुले अब रुकुम पूर्वलाई देशकै नमुना जिल्ला बनाउनुका साथै आत्मनिर्भर बनाउने विजयी प्रतिबद्धता जनाएका छन् ।
रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा कमला रोकामगर तथा प्रदेशसभा सदस्य ‘क’मा तेजबहादुर ओली र प्रदेशसभा ‘ख’मा पूर्ण घर्ती विजयी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्