२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


हुम्लामा स्वतन्त्र उम्मेदवार विजयी, बागी भएपनि ‘वाम गठबन्धनले जिताए’


0
Shares

लामाले ८ हजार ४९१ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गरेका छन् ।

वाम गठबन्धनका बागी उम्मेदवारकारुपमा स्वतन्त्र उम्मेदवारी दिएका उनले वाम गठबन्धनकै सहयोगले जितेको बताएका छन् ।

यसैगरी, प्रदेससभा ‘क’मा नेकपा एमालेका उम्मेदवार दल रावलले विजय हासिल गरेका छन् ।

रावलले ७ हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका ठानबहादुर रोकायाले ४ हजार ८११ मत प्राप्त गरेका छन् ।

अहिले तीनओटा समूह बनाइ प्रदेश ‘ख’को मतमतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए ।

प्रदेश ‘ख’मा वाम गठबन्धनका उम्मेदवार विजय भण्डारी र कांग्रेसका जीवनबहादुर शाहीबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

प्रतिनिधिसभा र प्रदेससभा ‘क’को विजयी घोषणापछि वाम गठवन्धन र स्वतन्त्रको संयुक्त विजय जुलुस निकालिएको छ ।

बाजागाजा र नारासहितको जुलुसमा सयौं सुभेच्छुक र कार्यकर्ताहरु सहभागी भए ।