
बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत् प्रतिनिधिसभा क्षेत्र नम्बर–९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता लिएका छन् ।
काठमाडौं–९ मा तीन हजार ३५१ मत गन्दा श्रेष्ठले एक हजार ७६५ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितले ९३८ मत प्राप्त गरेको काठमाडौं क्षेत्र नम्बर–९ का मतदान अधिकृत विदुर काफ्लेले जानकारी दिए ।
त्यसैगरी, विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले ४१६ प्राप्त गरेका छन् ।
काठमाडौं–९ मा ६७ हजार ६५१ मतदाता छन् भने यहाँ ४८.४७ प्रतिशतमात्रै मत खसेको हो ।
काठमाडौं क्षेत्र नम्बर–१० मा अहिलेसम्म गणना भएको कुल मत दुई हजार ६०४ मध्ये कांग्रेसका उम्मेदवार राजेन्द्र केसीले एक हजार ४५९ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यले ७९३ र विवेकशील साझा पार्टीका उम्मेदवार प्रदीप ढकालले ६३ मत प्राप्त गरेका छन् ।
काठमाडौं–१० मा ७१ हजार २०१ मतदाता छन् भने यहाँ ७७.३९ प्रतिशत खसेको छ ।
काठमाडौं क्षेत्र नम्बर–९ र १० को मतगणना नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्