
नेकपा एमालेबाट उम्मेदवारी दिएका रोकायाले १० हजार ४५८ र उनका निकटतम् प्रत्यासी नेपाली कांग्रेसका भीमनिधि हमालले पाँच हजार २८० मत ल्याएका छन् ।
रोकाया २०७० सालको दोस्रो संविधानसभा सदस्यमा कांग्रेसका ललितजंग शाहीबाट ५०० मतले पराजित भएका थिए ।
२७ हजार ३४४ मत रहेको सो क्षेत्रमा १७ हजार ८२७ मत खसेको थियो । खसेको कुल मतमा ५४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।
वि.सं. २०१० असार १० गते साविकको पान्डवगुफा ४ सिंजा जुम्लामा जन्मिएका रोकायाले जुम्ला बहुमुखी क्याम्पस जुम्लाबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् ।
वि.सं. २०३८ देखि नेकपा मालेबाट राजनीतिक जीवन सुरुआत गरेका उनी हाल एमालेको राष्ट्रिय हित सुरक्षा प्रबन्धक विभागको सदस्य छन् । रासस
प्रतिक्रिया दिनुहोस्