
तीनपटक मन्त्री बनेका नेपाली कांग्रेसका बलबहादुर केसीले ८ हजार ५११ मत प्राप्त गरेका छन् ।
पूर्वसांसदसमेत रहेका केसी २०६४ को संविधानसभाको निर्वाचनबाहेक कुनैपनि निर्वाचनमा पराजित भएका छैनन् भने राईले पहिलोपटक निर्वाचनमा भाग लिएका हुन् ।
यस्तै, प्रदेशसभा ‘क’मा वाम गठबन्धनका उत्तमकुमार बस्नेतले ६ हजार ५०३ मत ल्याएका छन् भने कांग्रेसका प्रकाशसिं कार्कीले ४ हजार ५९७ मत प्राप्त गरेका छन् ।
यस्तै, प्रदेशसभा ‘ख’मा पनि वाम गठबन्धनका बुद्धिकुमार राजभण्डारीले ७ हजार ४ मत प्राप्त गरेका छन् भने कांग्रेसका आंगेलु शेर्पाले ५ हजार १७ मत प्राप्त गरेका छन् । मतगणना जारी छ । रासस
प्रतिक्रिया दिनुहोस्