२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


बझाङभरि वाम उदायो, रुख ढल्यो !


0
Shares

शुक्रबार दिउँसो घोषणा भएको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवारले जित हात पारेका हुन् ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेकपा एमालेका भैरवबहादुर सिंहले नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहलाई ७ हजार ७०२ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

भैरवले ३४ हजार ६१२ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी पृथ्वीले २६ हजार ९१० मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेश ‘क’मा पनि नेकपा एमालेका उम्मेदवार अर्जुनबहादुर थापा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार चन्द्रा जोशीलाई ४ हजार ६७१ मतको अन्तरले पराजित गरेका हुन् ।

थापाले १७ हजार ८६८ र जोशीले १३ हजार १९७ मत प्राप्त गरेका छन् ।

प्रदेश ‘ख’मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवकी मल्ल विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री नरेशबहादुर सिंहलाई दुई हजार ५०१ मतको अन्तरले हराएकी हुन् ।

मल्लले १६ हजार ७४३ मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी सिंहले १४ हजार २४२ मत प्राप्त गरेका छन् ।

मतपरिणाम घोषणा भएपछि सन्चारकर्मीसँग प्रतिक्रिया दिँदै विजयी उम्मेदवारले संविधानको कार्यान्वयन, जिल्लाको विकास र समृद्धिका लागि आफूहरुले भूमिका खेल्ने प्रतिक्रिया दिएका छन् । रासस