
चितवन क्षेत्र नम्बर–३ मा शुक्रबार सुरु भएको मतगणनाको प्रारम्भिक नजिताअनुसार एक हजार २३९ मत गणना गर्दा पाण्डेले ६८७ मत प्राप्त गरेका छन् भने दाहालले ४७३ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको छ ।
यसैगरी, चितवन क्षेत्र नम्बर–२ मा ९४० मतगणना गर्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५७२ मत र नेपाली कांग्रेसका शेषनाथ अधिकारीले २९२ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर–१ को मतगणना केहीबेर स्थगित भएर पुनः सुचारु भएको छ ।
मतदान अधिकृतले सर्वदलीय सहमतिविपरीत आफूखुसी सदर र बदर मत निर्णय गरेको भन्दै प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार राजेन्द्र बुर्लाकोटीसहित प्रतिनिधिहरू मतगणनाबाट बाहिरिएका थिए ।
बदर भनिएका दुई मत सदर गर्ने सहमतिपछि पुनः मतगणना भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्