२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


ललितपुर–१ मा राणाभन्दा सिलवाल अगाडि


0
Shares

शुक्रबार साँझ ५ बजेसम्म क्षेत्र नम्बर–१ मा नेकपा एमालेका नवराज सिलवालले दुई हजार १२२ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उदयशमशेर राणाले एक हजार ९०६ मतले उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा एमालेका कृष्णलाल महर्जनले १५ हजार ८६५ मतले अग्रता कायम गरेका छन् भने कांग्रेसका चन्द्र महर्जनले १० हजार १२९ मत ल्याएका छन् ।

क्षेत्र नम्बर–३ मा माओवादी केन्द्रकी पम्फा भुसालले सात हजार ९७५ मत ल्याएर अग्रता लिइरहेकी छन् । कांग्रेसका मदनबहादुर अमात्यले सात हजार ६२४ मतले उनलाई पछ्याइरहेका छन् ।

प्रदेशसभा ३ ‘क’मा माओवादी केन्द्रका राजकाजी महर्जनले दुई हजार ४४४ मत र कांग्रेसका नवराज महतले एक हजार ५४२ मत ल्याएका छन् ।

प्रदेशसभा ३ ‘ख’मा एमालेका जीवन खड्काले दुई हजार ६८ मत ल्याएर अग्रता लिइरहेका छन् । कांग्रेसका शिवराम बानियाँले एक हजार ९६२ मत ल्याएका छन् ।

क्षेत्र नम्बर–१ का प्रदेशमा केहीबेर पहिलेमात्रै मतगणना सुरु भएको छ । क्षेत्र नम्बर–२ का प्रदेशको अझै मतगणना हुन सकेको छैन । रासस