२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


इलाम–१ मा खनालको अग्रता


0
Shares

दुई हजार ९०६ मत गणना भइसक्दा गठबन्धनबाट नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक हजार ७४२ र नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले एक हजार २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर–२ को मतपरिणाम आउन केहीबेर लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस