२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


बैतडीमा कसको कति मत ?


0
Shares

बैतडीमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको छ ।

बिहीवार साँझदेखि जारी मतगणनामा वाम गठबन्धनले लिएको अग्रता शुक्रबार साँझसम्म पनि कायमै रहेको छ ।

प्रतिनिधिसभातर्फ २५ हजार ८४५ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १३ हजार ५६८ र नेपाली कांग्रेसका नरबहादुर चन्दले ९ हजार ४०८ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभाको मतगणना गर्दा अहिलेसम्म २ हजार ३७९ मत बदर भएको छ ।

यस्तै, प्रदेशसभा ‘क’मा २८ हजार १६४ मतगणना हुँदा माओवादी केन्द्रका प्रेमप्रकाश भट्टले १३ हजार ५१२ र कांग्रेसका हरिमोहन भण्डारी ११ हजार ३० मत प्राप्त गरेका छन् ।

बैतडी प्रदेशसभा ‘क’मा अहिलेसम्म २ हजार ८७ मत बदर भएको छ ।

यस्तै, प्रदेशसभा ‘ख’मा २८ हजार ४०१ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार लिलाधर भट्ट १५ हजार ७२१ र राप्रपाका गणेश चन्दले ११ हजार ३७ मत प्राप्त गरेका छन् ।

बैतडी प्रदेशसभा ‘ख’मा १ हजार ६४६ मत बदर भएको छ ।

१ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए ।

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।