२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


महन्थ ठाकुरको क्षेत्र महोत्तरी–३ को मतगणना स्थगित


0
Shares

शुक्रबार साँझदेखि सुरु गरिएको मतगणनामा क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभातर्फ खसेकोभन्दा बढी मतपत्र भेटिएपछि विवाद हुँदा मतगणना स्थगित भएको जनाइएको छ ।

मतगणनामा बसेका राजनीतिक दलका प्रतिनिधिहरुले दिएको जानकारीअनुसार खसेकोभन्दा ९६ मत बढी भेटिएको छ ।

जलेश्वर नगरपालिका वडा नम्बर–५ पर्सापतैलीको बुथमा रहेको १२४७ मतमा ९६ मत बढी देखिएको हो । सो बुथमा १३४३ मत भेटिएपछि विवाद भएको हो ।

मतगणनास्थलमा पत्रकार र पर्यवेक्षकलाई निषेध गरिएको छ ।

यस क्षेत्रबाट राजपा अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुर प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् ।