
शुक्रबार सम्पन्न मतगणनानुसार १२ हजार ५७४ मत प्राप्त गरी भण्डारी विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुसिंह कठायतले ८ हजार ५३४ मत प्राप्त गरेका छन् ।
भण्डारी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि माओवादी केन्द्रबाट सभासद विजयी भएका थिए ।
माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य रहेका भण्डारी राष्ट्रिय बुद्धिजीवी संगठनका केन्दीय अध्यक्षसमेत हुन् ।
जुम्ला प्रदेश ‘ख’मा भने वाम गठबन्धनका उम्मेदवार पदमबहादुर रोकाया विजयी भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्