२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


कन्चनपुरका तीनओटै क्षेत्रमा वाम गठबन्धनको अग्रता


0
Shares

कन्चनपुर क्षेत्र नम्बर–१ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका बिना मगरले एक हजार २३ र नेपाली कांग्रेसका दिवानसिंह विष्टले ३७७ मत प्राप्त गरेका छन् ।

कन्चनपुर–२ मा वाम गठबन्धनबाट नेकपा एमालेका नरबहादुर धामीले एक हजार १६३ र कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउदले ८४७ मत प्राप्त गरेका छन् ।

कन्चनपुर–३ मा वाम गठबन्धनका डा. दीपकप्रकाश भट्टले ९४७ र कांग्रेसका उम्मेदवार रमेश लेखकले ८९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हालसम्म प्राप्त जानकारीअनुसार यहाँका अधिकांश प्रदेशसभामा पनि वाम गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् । रासस