Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


मोरङका ६ ओटै क्षेत्रमा वाम गठबन्धनको अग्रता


0
Shares

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर–१ मा नेकपा एमालेका घनश्याम खतिवडाले ९ हजार ७८६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका डिगबहादुर लिम्बूले ८ हजार ९८४ मत प्राप्त गरेका छन् ।

मोरङ–२ मा एमालेका ऋषिकेश पोखरेलले ७ हजार १४६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने कांग्रेसका डा. मीनेन्द्र रिजालले ६ हजार ७०७ मत प्राप्त गरेका छन् ।

मोरङ–३ मा एमालेकै भानुभक्त ढकालले ७ हजार १४६ मत प्राप्त गर्दा कांग्रेसका सुनील शर्माले ६ हजार ७०७ मत प्राप्त गरेका छन् ।

मोरङ–४ मा नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले ७ हजार २४ मत लिइ अग्रता कायम गरेका छन् भने कांग्रेसका महेश आचार्यले ५ हजार ०४२ मत प्राप्त गरेका छन् ।

मोरङ–५ मा माओवादी केन्द्रका शिवकुमार मण्डलले तीन हजार ७८९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने कांग्रेसका अमृतकुमार अर्यालले तीन हजार २१८ मत प्राप्त गरेका छन् ।

मोरङ–६ मा एमालेका लालबावु पण्डितले १३ हजार ७९ मत प्राप्त गरी अग्रता लिएका छन् भने कांग्रेसका डा. शेखर कोइरालाले ११ हजार १६ मत प्राप्त गरेका छन् । रासस