घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जित शेरचनले ८ हजार ६२४ मत प्राप्त गरेका छन् ।
बाँकी दुई प्रतिनिधिसभा र तीन प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि साझा वाम उम्मेदवारले फराकिलो मतसहित अग्रता हासिल गरेका छन् ।
सबै क्षेत्रको अन्तिम मतपरिणाम शनिबार बिहानसम्म आइसक्ने जनाइएको छ ।
जिल्लामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा थिए । कांग्रेसले भने एक्लै चुनाव लडेको थियो । रासस




प्रतिक्रिया दिनुहोस्