
लोकतान्त्रिक गठबन्धनवाट प्रतिश्पर्धी नेपाली काँग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेलाई १० हजार ६ सय १६ मतको फराकिलो अन्तरले हराउँदै विजय प्राप्त गरेका हुन् ।
प्रतिनिधि सभाको लागि एक निर्बाचन क्षेत्र पाँचथरमा वसन्तकुमार नेम्बाङको लागि यो तेस्रो जीत हो ।
वाम गठबन्धनको तर्फबाट एमालेका नेम्बाङले ३८ हजार ६ सय ४१ मत प्राप्त गरी विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरे ।
विजयी नेम्बाङलाई मूख्य निर्बाचन अधिकृत मनोजकुमार केसीले प्रमाणपत्रसहित सपथ गराए ।
फिदिम नगरपालिका–१ फिदिमबजारमा २०१८ साल चैत ८ गते जन्मिएका नेम्बाङ २०४८ र २०५६ सालको आमनिर्बाचनमा सांसद जितेका थिए ।
उनी २०५१ को मध्यावधि निर्बाचनमा नेपाली काँग्रेसका दिपक प्रकाश वास्कोटासित पराजित भएका थिए । सांसद हुँदा ऊर्जा विकास समितिको सदस्य भइ अनुभव हासिल गरेका नेम्बाङ एमाले केन्द्रीय ऊर्जा विभाग सचिव छन् ।
ऊर्जा व्यावसायी समेत रहेका नेम्बाङले बिके हाइड्रोपावर कम्पनीमार्फत पाँचथरको फेमेखोलावाट एक मेगावाट क्षमताको जलविद्युत आयोजना, उनको लगानी रहेको पाँचथर पावर कम्पनीद्वारा हेवाखोलाबाट १५ मेगावाट क्षमताको हेवाखोला ए जलविद्युत आयोजनाको अन्तिमचरणको निर्माण कार्य भइरहेको छ ।
अर्को माउन्टेन हाइड्रोनेपाल प्रालिद्वारा निर्माणाधिन २१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना लगायत ऊर्जा उत्पादन क्षेत्रमा लगानी गरेका छन् ।
युवावस्थादेखि नै कम्यूनिष्ट राजनीतिमा सक्रिय नेम्बाङ कानुनमा स्नातक अध्ययन गरेका छन् ।
पाँचथरको कुल मतदाता एक लाख २५ हजार दुई सय १९ जनामध्ये ७७ हजार ८ सय ३ जनाले मतदान गरेका थिए ।
यस्तै आपूmलाई पहिचानवादी दलको रुपमा स्थापित गरेका संघिय समाजवादी फोरमले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । समाजवादीका उम्मेद्धवार प्रेमराज लावतीले १ हजार ९ सय ९४ मत प्राप्त गरे ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बूवानका सागर केरुङले १ हजार ५ सय ९३ मत , राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बूले ४ सय १८ मत प्राप्त गरेका छन् ।
यसवाहेक नेकपा मालेका दिनानाथ घिमिरेले ८ सय ९०, नयाशक्ति पार्टीका दिलबहादुर लावतीले १ सय ३२, राप्रपा राष्ट्रवादीका शान्तिमाया शिगू लिम्बूले २ सय ९५ र मंगोल नेस्नल अर्गनाइजेसनका टोमराज थाम्सुहाङले १ सय ९४ मत पाएका छन् ।
स्थानीय तह निर्बाचनमा एक लाख १६ हजार ६ सय ६१ मतदाता थियो भने आसन्न संसदीय निर्बाचनका लागि ८ हजार ५ सय ५८ मतदाता थपिएपछि एक लाख २५ हजार २ सय १९ मतदाता छन् ।
जसमध्ये ७७ हजार ९ सय १३ मत खसेको थियो । यसमध्ये ५ हजार ७ सय ३४ मत बदर भएको थियो । अब प्रदेश सभाको मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्