
कांग्रेसका प्रदेशसभा उम्मेदवार छिरिङदोर्जे लामा ६ हजार ४४८ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका रुद्रबहादुर बराइलीले ५ हजार ३३५ मत पाएको काठमाडौं क्षेत्र नम्बर–३ का सहायक निर्वाचन अधिकृत बाबुराम भट्टराईले राससलाई जानकारी दिए ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका विशाल न्यौपानेले एक हजार ३०५ मत पाए ।
अहिले प्रदेश ‘ख’को मतगणना भइरहेको छ । प्रदेश ‘ख’मा वाम गठबन्धन झिनो मतले अगाडि छ ।
वाम गठबन्धनका रामेश्वर फुयाँलले दुई हजार ५०७ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै कांग्रेसका विमल ठकुरीले दुई हजार ४४९ मत पाएका छन् ।
दुई घन्टामा अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्