नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २१ हजार २७७ मत ल्याएर दोस्रो स्थानमा संघर्ष गरिरहेका छन् ।
कांग्रेसको सहयोगमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका बाबुरामभन्दा नारायणकाजी चार हजार ५९६ बढीले मतअन्तरले पछि परेका छन् ।
सो क्षेत्रमा ६० हजार मत खसेकामा अहिलेसम्म ५० हजार ४६ मतगणना भइसकेको छ ।
यसैगरी, गोरखा–१ मा माओवादी केन्द्रका नेता हरिराज अधिकारीले २० हजार ३०४ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई कांग्रेसका नेता चीनकाजी श्रेष्ठले १६ हजार ४६२ मत ल्याएर पछ्याइरहेका छन् ।
यो क्षेत्रमा ६३ हजार मत खसेकोमा अहिलेसम्म ४१ हजार ३४९ मतगणना सम्पन्न भएको छ । रासस




प्रतिक्रिया दिनुहोस्