Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


ओली प्रतिद्वन्द्वीभन्दा धेरै अगाडि


0
Shares

पछिल्लो परिणामअनुसार झापाको निर्वाचन क्षेत्र नम्बर–१ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका सुरेन्द्रकुमार कार्कीले १४ हजार ७७४ मत तथा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले १३ हजार ९४९ मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर–२ मा वाम गठबन्धनका उम्मेदवार पवित्रा निरौला (खरेल)ले १५ हजार ८०४ तथा कांग्रेसका उद्धव थापाले १२ हजार १६६ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर–३ मा वाम गठबन्धनका राप्रपा महामन्त्री राजेन्द्रकुमार लिङदेनले १५ हजार हजार ६९० तथा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ११ हजार ४८ मत पाएका छन् ।

यसैगरी, क्षेत्र नम्बर–४ मा वाम गठबन्धनका एल पी सावाले २१ हजार ४४० र कांग्रेसका देउमान थेवेले १३ हजार ६४९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर–५ मा वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १७ हजार ५४ र कांग्रेसका डा. खगेन्द्र अधिकारीले सात हजार हजार ७६३ मत प्राप्त गरेका छन् । रासस