
केही मतपत्रमा प्रमुख निर्वाचन अधिकृतको हस्ताक्षर नभेटिएपछि उत्पन्न विवादका कारण केही समयका लागि मतगणना स्थगित भएको थियो ।
दलीय प्रतिनिधिबीच भएको सहमतिपछि मतगणना पुनः सुरु भएको हो ।
प्राप्त पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका महासचिवसमेत रहेका वाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेलले १९ हजार ७०४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले ८ हजार ७४९ मत प्राप्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्