२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


लमजुङमा वाम गठबन्धनको ‘क्लिन स्वीप’


0
Shares

प्रतिनिधिसभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मतान्तरले विजयी भएका छन् ।

गुरुङले ३९ हजार ४६८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ६७ मत प्राप्त गरे ।

यहाँ १ लाख १५ हजार ४४९ मतदाता रहेकामा ७७ हजार ३४० मत खसेको थियो ।

यस्तै, लम्जुङको प्रदेशसभा ‘क’मा पनि एमाले उम्मेदवार धनञ्जय दवाडी विजयी भएका छन् । उनी २० हजार २६५ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका गर्जबहादुर गुरुङले १३ हजार ८५३ मत प्राप्त गरे ।

लमजुङको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । उनी ७ हजार ९८६ मतान्तरले विजयी भएका हुन् ।

गुरुङले २३ हजार ८८ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १०२ मत पाएका छन् ।

पृथ्वीसुब्बा गुरुङलाई प्रदेश नम्बर–४ को सम्भावित मुख्यमन्त्रीकारुपमासमेत हेरिएको छ । उनी नेकपा एमालेका केन्द्रीय सचिव एवं संगठन विभाग प्रमुखसमेत हुन् ।