
प्रतिनिधिसभामा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार विजयी भए ।
उनले नेपाली कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २५३ मतान्तले पछि पारे । विजयी सुनुवारले ३२ हजार ५८० मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३२७ मत पाएका छन् ।
त्यस्तै, ओखलढुंगाको प्रदेशसभा ‘क’मा वाम गठबन्धनका उम्मेदवार अम्बीरबाबु गुरुङ विजयी भए ।
उनी १८ हजार ९०८ मत प्राप्त गरी विजयी भएका हुन् । गुरुङका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९०६ मत पाए ।
ओखलढुंगा प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मोहन खड्का विजयी भए ।
उनले १५ हजार ४४५ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप सुुनुवारले १३ हजार ६७१ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्