
अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । एमालेले प्रतिनिधिसभा सदस्यतर्फ २९ स्थानमा जित हासिल गर्दा नेकपा माओवादी केन्द्रले १३ स्थानमा जित दर्ता गरेको छ ।
नेपाली कांग्रेसले भने अहिलेसम्म ६ स्थानमामात्र जित निकालेको छ । त्यसैगरी, संघीय समाजवादी फोरम नेपालले एक स्थान र नयाँ शक्ति पार्टीले एक स्थानमा जितेका छन् भने स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।
पछिल्लो परिणामअनुसार गोरखा क्षेत्र नम्बर–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई ३२ हजार १०७ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरे ।
यस्तै, दाङ–२ मा माओवादी केन्द्रका कृष्णबहादुर महरा ३९ हजार ९६० मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले २६ हजार ३६ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्