
शनिबार राति घोषित अन्तिम मतपरिणामअनुसार एमाले उपमहासचिव पौडेलले ४४ हजार ०२ मत प्राप्त गरेका छन् । उनी वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलको यो लगातार तेस्रो जित हो । उनी २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि यहाँबाट विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्