२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


गुल्मीमा वाम गठबन्धनको बर्चस्व, कांग्रेसका चन्द्र भण्डारी पराजित


0
Shares

प्रतिनिधिसभा १ मा ज्ञवालीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्र भण्डारीलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

ज्ञवालीले ३७ हजार ८१४ मत ल्याई विजयी हुनुभएको हो भने नेपाली काँगे्रसका चन्द्र भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए ।

यस्तै प्रतिनिधिसभा २ मा विष्टले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्रबहादुर केसीलाई पछि पार्दै जित हासिल गरेका छन् ।

विष्टले ३४ हजार, ६१८ मत प्राप्तगरी विजयी भएका हुन भने नेपाली काँगे्रसका चन्द्रबहादुर केसीले २० हजार १५६ मत ल्याएका थिए ।्

दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा १ र २ प्रतिनिधिसभामा वाम गठबन्धनका एमालेले विजय हासिल गरेको छ ।

४ प्रदेशसभामा पनि गठबन्धनअन्तर्गत दुई एमाले र दुई माओवादीले विजयी हासिल गरेका छन् ।

यस्तै गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं १ को (क) प्रदेशमा माओवादीका सुुदर्शन बराल विजयी भएका छन् ।

बरालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पृथ्वीबहादुर फौजदारलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

बरालले १७ हजार १९० मतसहित भारी मतले विजयी भए भने उता नेपाली काँगे्रसका पृथ्वीबहादुर फौजदारले १३ हजार २९९ मत मात्र ल्याए ।

यी बराल र फौजदारबीचको मतको अन्तर भने चार हजार ६११ मत रहेको छ ।

यस्तै गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं १ को (ख) प्रदेशमा एमालेका कमल श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनेन्द्रबहादुर कार्कीलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

श्रेष्ठले १९ हजार ५९१ मतसहित भारी मतले विजयी भएका हुन् भने उता नेपाली काँगे्रसका धनेन्द्रबहादुर कार्कीले १६ हजार ३७३ मत ल्याए ।

यी श्रेष्ठ र कार्कीबीचको मतको अन्तर भने तीन हजार २१८ मत रहेको छ ।

यस्तै गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं २ को (क) प्रदेशमा एमालेका खड्क केसी विजयी भएका छन् ।

केसीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शालिकराम पन्थीलाई पछि पार्दै जित हासिल गरेका हुन् ।

केसीले १६ हजार, १६५ मतसहित भारी मतले विजयी भए भने उता नेपाली काँगे्रसका शालिकराम पन्थीले ११ हजार ६७३ मत ल्याए ।

यी केसी र पन्थीबीचको मतको अन्तर भने चार हजार ४९२ मत रहेको छ

यस्तै गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं २ को (ख) प्रदेशमा माओवादीका दिनेश पन्थी विजयी भए ।

पन्थीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छन्दबहादुर पहराईलाई पछि पार्दै जित हासिल गरे ।

पन्थीले १७ हजार ६०१ मतसहित विजयी भएका छन् भने उता नेपाली काँगे्रसका छन्द पहराईले नौ हजार ५६४ मत मात्र ल्याएका थिए । रासस