
भर्खरै प्राप्त मत परिणामअनुसार उदयपुर निर्वाचन क्षेत्र नं २ बाट वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार सुरेश किराती (हिमाल) ले २२ हजार ५५१ मत प्राप्त गरेर विजयी हासिल गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणबहादुर कार्कीले १५ हजार ४५५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
यस्तै क्षेत्र नं २ कै प्रदेशसभा (क) १ र २ (ख) बाट वाम गठबन्धनकै कला घले र नारायण बुर्जा मगर विजय भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्