
काठमाडौं, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुर–३, राम्रीमा शुक्रबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
शनिबार ट्वीट सार्वजनिक गर्दै उनले दुर्घटनामा निधन भएका शिक्षक तथा विद्यार्थीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
मृतकका शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले सवारी दुर्घटनाका कारण ठूलो जनधनको क्षति हुँदै गएको अवस्थामा सजगताका साथ सवारी–साधन सन्चालन गरी दुर्घटना कम गर्न सरोकारवालासँग अपेक्षासमेत गरेका छन् ।
कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार अपराह्न ४ बजे दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाइते भएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्