
बासुदेव वर्मा (इमेज)
कपिलवस्तु, पुस ७ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले नागरिक र समाजले अपेक्षा गरेअनुसारको न्याय दिन सकेमात्रै न्यायपालिकाप्रतिको विश्वास बढ्ने बताएका छन् ।
शनिबार नेपाल बार एसोसिएसन कपिलवस्तुको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश मिश्रले स्वतन्त्र न्यायपालिकालाई कमजोर तुल्याउने प्रवृत्तिप्रति सम्पूर्ण कानुन व्यवसायी एकजुट हुनुपर्ने धारणा राखे ।
कानुन व्यवसायीले कुनै आग्रह र पूर्वाग्रह राखेर टिप्पणी गर्दा न्यायालयको गरिमामाथि नै आघात पुग्ने बताउँदै सबैभन्दा पहिले कानुन व्यवसायी निष्पक्ष, इमान्दार र निष्ठावान हुनुपर्नेमा उनको जोड थियो ।
कपिलवस्तु भगवान् गौतमबुद्धले शान्तिको सन्देश प्राप्त गरेको क्षेत्र भएकाले बुद्धका सन्देशलाई आत्मसाथ गरी शान्तिका सन्देशहरुलाई पछ्याउँदै काम गर्न पनि उनले सबैसित आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्