
र्यालीले धनकुटा बजार परिक्रमा गरी विभिन्न स्थानमा कोणसभा गरिएको छ । र्यालीमा विजयी उम्मेदवार, वाम गठबन्धनका स्थानीय नेता–कार्याकर्तालगायतको सहभागी थिए ।
धनकुटामा एक प्रतिनिधिसभा र प्रदेशसभातर्फका दुई क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधिसभातर्फ नेकपा एमालेका राजेन्द्र राई विजयी भए । उनले राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापालाई हराएका हुन् ।
त्यस्तै, प्रदेशसभा ‘क’मा वाम गठबन्धनका निरन राई र ‘ख’मा पनि वाम गठबन्धनकै इन्द्रमणि पराजुली विजयी भएका छन् ।
विजेयी उम्मेदवारले जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्