काभ्रेपलान्चोकमा वाम गठबन्धनको अग्रता कायमै • Image Khabar Image Khabar


काभ्रेपलान्चोकमा वाम गठबन्धनको अग्रता कायमै


Imagekhabar
२४ मंसिर २०७४, आईतवार १६:५८

काभ्रेपलान्चोकमा वाम गठबन्धनको अग्रता कायमै

प्राप्त पछिल्लो मतपरिणाम अनुसार, प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगाबहादुर दोङले ३० हजार ६१३, नेपाली कांग्रेसका तीर्थ लामाले २९ हजार ३९ मत प्राप्त गरेका छन् ।

यसैगरी, सोहि क्षेत्रका प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका रत्न ढकालले २३ हजार ५१८ र कांग्रेसका सिवी लामाले १५ हजार ८५६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाट एमालेका चन्द्र लामाले १५ हजार ७४८ र कांग्रेसका गणेश लामाले १४ हजार ६८२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा वाम गठबन्धनबाट एमालेका गोकुल बाँस्कोटाले ३० हजार १०२ र कांग्रेसका मधुप्रसाद आचार्यले २० हजार ९४३ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट एमालेका लक्ष्मण लम्सालले १५ हजार ६८८ र कांग्रेसका सुन्दरमणि आचार्यले ९ हजार ९४३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाट एमालेका वसुन्धरा हुमागाईंले १५ हजार ३३६ र कांग्रेसका कञ्चनचन्द्र वादेले ११ हजार ३९६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्