
मुख्य निर्वाचन अधिकृतको कार्यालयका चारओटा कोठामा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
प्रत्यक्षतर्फको मतगणना शनिबार सकिएको थियो ।
समानुपातिकतर्फ ५१ हजार ७९४ मत खसेको र अहिलेसम्मको गणनाको रफ्तारलाई हेर्दा प्रतिघन्टा १५ सय मतगणना भइरहेको कार्कीले बताए ।
यसैअनुरुप गणना भए ३५/३६ घन्टामा गणना सकिने उनको भनाइ छ ।
समानुपातिकतर्फ ताप्लेजुङबाट विभिन्न दलका २१ जना उम्मेदवारको सूची पार्टीहरुले सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्