
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार एक कार्यक्रम गरी नवनिर्वाचित प्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो ।
बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दामोदर भण्डारी र प्रदेशसभा सदस्यमा निर्वाचितद्वय लीलाधर भट्ट र प्रेमप्रकाश भट्टलाई प्रमाणपत्र प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत गौतमले राष्ट्र निर्माणको अभियानमा सक्रियता देखाउन आग्रह गरे ।
यस्तै, प्रतिनिधिसभामा विजयी भएका नेकपा एमालेका नेता दामोदर भण्डारीले बैतडी जिल्लाको समृद्धिमा अहोरात्र कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्