
आइतबार साँझ घोषित अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका उपाध्यक्ष रावलले २४ हजार ८८३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका छन् ।
रावलले ७ हजार १६४ मतान्तरले कांग्रेस अछामका सभापति स्वाँरलाई हराउँदै विजयी भएका हुन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावल वि.सं. २०६४ को पहिलो संविधानसभामा समानुपातिक सभासद भएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी अछाम–१ बाटै निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्