२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


कञ्चनपुर-१ मा बिना मगर भारी मतले निर्वाचित


0
Shares

उनले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २४८ मतअन्तरले पराजित गरेको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार निर्वाचित बिनाले ३८ हजार ४६७ र नेपाली काँग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गरेका छन् ।

यसअघि आइतबार उक्त क्षेत्रको प्रदेशसभा ‘क’मा नेकपा (एमाले) का अध्यक्ष तारालामा तामाङ प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

२०७० सालको संविधानसभाको निर्वाचनमा मगर काँग्रेसकी विष्टसँग पराजित भएकी थिइन् ।
रासस