सिरहा ४ मा अजयशंकर नायकलाई हराउँदै राजकिशोर यादव विजयी • Image Khabar Image Khabar


सिरहा ४ मा अजयशंकर नायकलाई हराउँदै राजकिशोर यादव विजयी


Imagekhabar
२५ मंसिर २०७४, सोमबार ०७:४५

सिरहा ४ मा अजयशंकर नायकलाई हराउँदै राजकिशोर यादव विजयी

गएराति मध्यरातमा सम्पन्न अन्तिम परिणामअनुसार यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अजयशंकर नायकलाई तीन हजार ६६९ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

यादवले २१ हजार १४४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नायकले १७ हजार ५७५ मत प्राप्त गरे ।

यस्तै प्रदेशसभा क्षेत्र न ४ (ख) मा राजपाका सुरेशकुमार मण्डल १० हजार ४८० मतसहित विजयी भएका छन् ।

गएराती नै सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेशकुमार मण्डललाई दुई हजार ९८१ मत अन्तरले पराजित गर्दै राजपाका सुरेशकुमार मण्डल निर्वाचित भए ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार मण्डलले सात हजार ४९९ मतमात्र ल्याएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्