२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


सिरहा ४ मा अजयशंकर नायकलाई हराउँदै राजकिशोर यादव विजयी


0
Shares

गएराति मध्यरातमा सम्पन्न अन्तिम परिणामअनुसार यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अजयशंकर नायकलाई तीन हजार ६६९ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

यादवले २१ हजार १४४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नायकले १७ हजार ५७५ मत प्राप्त गरे ।

यस्तै प्रदेशसभा क्षेत्र न ४ (ख) मा राजपाका सुरेशकुमार मण्डल १० हजार ४८० मतसहित विजयी भएका छन् ।

गएराती नै सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेशकुमार मण्डललाई दुई हजार ९८१ मत अन्तरले पराजित गर्दै राजपाका सुरेशकुमार मण्डल निर्वाचित भए ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार मण्डलले सात हजार ४९९ मतमात्र ल्याएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए । रासस