
क्षेत्र नं ४ अन्तर्गतको बलरा नगरपालिका ४ मा रहेको जब्दी आधारभुत विद्यालय मतदान केन्द्रबाट आएको एउटा मतपेटिकामा ६ वटा मध्ये ४ वटा मात्रै शिल फेला परेपछि मतगणना स्थगित भएको हो ।
दलका प्रतिनिधीहरुलाई राखेर निर्वाचन अधिकृतको कार्यालयले विवाद समाधान गरि गणनाको प्रयास गरिरहेको छ ।
मतगणना स्थगीत हुँदा राजपाका राकेश मिश्र १६ हजार ३ सय १८ मतका साथ अगाडि छन् भने काँगे्रसका अमरेश कुमार सिंहले १५ हजार ९ सय ३५ मत प्राप्त गरि उनलाई पछ्याई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्