२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


दाङ बस दुर्घटनाः राष्ट्रपतिबाट दुःख व्यक्त


0
Shares

काठमाडौं, पुस ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीपुर (दाङ)मा विद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्कंदै गरेको बस दुर्घटनामा परी २३ जनाको निधन भएकामा दुःख व्यक्त गरेकी छन् ।

उनले शनिबार टवीट्मार्फत् शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले दुर्घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् । रासस