२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


प्रदेशसभातर्फ एमालेकै बर्चस्व, प्रदेश नम्बर २ मा राजपा र फोरमलाई फाइदा


0
Shares

प्रदेश नम्बर २ मा भने राजपा र संघीय समाजवादी फोरमका उम्मेदवार धेरै स्थानमा विजयी भएका छन् ।

सर्लाही क्षेत्र नं. १ को प्रदेशसभा सदस्य (ख) मा नेकपा एमालेका बेची लुंगेली १५३६३ मत ल्याएर विजयी भएका छन् । उनका निकतटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका शेष सहदुल्लाले ९१९७ मत प्राप्त गरे ।

कञ्चनपुर क्षेत्र नं. २ क मा नेकपा माओवादी केन्द्रका महेशदत्त जोशी १७६७२ मतसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्करराज ओझाले १२१४३ मत प्राप्त गरे ।

कञ्चनपुर क्षेत्र नं. २ को प्रदेशसभा ख मा नेकपा एमालेका लालबहादुर खड्का १६३८५ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बहादुरसिंह थापाले ११८५१ मत प्राप्त गरे ।

सुनसरी क्षेत्र नं. ४ को प्रदेशसभा(ख) मा नेपाली कांग्रेसका मोहबत ताहिर अन्सारी ११८२५ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका मोहबद जाकिर हुसेनले ७६७० मत प्राप्त गरे ।

सप्तरी क्षेत्र नं. १ को प्रदेशसभा क मा नेकपा एमालेका सत्यनारायण मण्डल ११३०२ मतसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी राजपाका राजकुमार लेखीले ९२५२ मत प्राप्त गरे ।

सप्तरी क्षेत्र नं. १ को प्रदेशसभा ख मा राजपाका नवलकिशोर साह १३६४७ मतसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बद्रीनारायण महात्मानले ६३३३ मत प्राप्त गरे ।

सर्लाही क्षेत्र नं. १ (क) को प्रदेशसभा सदस्यमा राजपाका उपेन्द्र महतो १२६०३ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामचन्द्र सिंहले ८८९३ मत प्राप्त गरे ।

धनुषा क्षेत्र नं. २ को प्रदेशसभा ख मा संघीय समाजवादी फोरम नेपालका राम आशिष यादव १७१३२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामचन्द्र मण्डलले ९४८९ मत प्राप्त गरे ।

सुनसरी क्षेत्र नं. १ को प्रदेशसभा ख बाट नेकपा एमालेका भीम आचार्य २०२११ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्धि कटुवालले १२९६४ मत प्राप्त गरे ।

काभ्रे क्षेत्र नं. १ को प्रदेशसभा क बाट नेकपा माओवादी केन्द्रका रत्न ढकाल २५१०६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सीवी लामाले १७८५५ मत प्राप्त गरे ।

काभ्रे क्षेत्र नं. १ ख को प्रदेशसभा सदस्यमा नेकपा एमालेका चन्द्र लामा २४४४७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गणेश लामाले २०२७० मत प्राप्त गरे ।

काभ्रेको क्षेत्र नं. २ को पदेशसभा क मा नेकपा एमालेका लक्ष्मण लम्साल २७६२१ मत ल्याएर विजयी भए ।

चितवन क्षेत्र नं. ३ ख मा नेकपा माओवादी केन्द्रका रामलाल महतो २५०६१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका साजन महतोले १५९४५ मत प्राप्त गरे ।